कैलालीमा १ हजार ४ सय ७२ व्यापार केन्द्र बन्द

धनगढी– कैलालीमा ठूलो संख्यामा व्यावसायीक तथा व्यापार केन्द्रहरु बन्द भएका छन् । साढे तीन वर्षको अवधिमा १ हजार ४ सय ७२ व्यावसायीक तथा व्यापार केन्द्रहरु बन्द भइससकेको अभिलेख छ ।

नयाँ दर्ता हुने भन्दा भएका व्यावसायीक एवं व्यापार केन्द्रहरु धमाधम बन्द भइरहेका हुन् । सो अवधिसम्म ६ हजार १ सय ४० व्यावसायीक तथा व्यापार केन्द्रहरु दर्ता भएको वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको तथ्यांक छ ।

Navadurga sun

चालु आर्थिक वर्षको अहिलेसम्म ३ सय ९८ वटा फर्महरू दर्ता हुँदा २ सय १६ वटा फर्मको दर्ता खारेजी भएको कार्यालय प्रमुख सुरेश जैशीले बताए । उनले दर्ता खारेज गर्नुको कारण खारेजी फारममा उल्लेख गर्नु नपर्ने भए पनि दर्ता खारेज गर्न आउने व्यवसायीहरूले व्यवसायमा कमी आएको, विदेश गइरहेको लगायत कारणहरू बताउने गरेको बताए । ‘पछिल्लो समय व्यापार व्यवसायको दर्ता खारेजीसँगै नयाँ दर्ता हुने क्रम पनि घटेको पाइएको छ ।’

यसले एकातर्फ व्यापार व्यवसासाय गर्न सकिने अवस्था अहिले छैन भन्ने देखाउँछ भने अर्कोतर्फ दर्ता खारेज र नयाँ दर्ता नहुँदा यसको असर राजस्व संकलनमा पनि पर्न गएको कार्यालयको बुझाई छ । विगतमा वार्षिक २ देखि ३ हजारसम्म फर्महरू दर्ता हुँदै आएकोमा दर्ता हुने फर्मको संख्या घटेर १ हजारको नजिक पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा १ हजार १ सय १३ फर्म दर्ता हुँदा ३ सय ९७ फर्मको दर्ता खारेज गरिएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा २ हजार ९९ फर्म दर्ता हुँदा ४ सय ८ वटा फर्मको दर्ता खारेज गरिएको थियो। २०७७/७८ मा २ हजार ५ सय ३० फर्म दर्ता हुँदा ४ सय ५१ फर्मको दर्ता खारेज गरिएको थियो । कैलालीमा हालसम्म २८ हजार ४ ७३ फर्महरूको दर्ता कायम रहेको कार्यालयले जनाएको छ ।

आर्थिक मन्दी र बैंकहरूले वृद्धि गरेको ब्याजको कारण व्यापार-व्यवसायमा कमि आएको व्यवसायीहरूको गुनासो छ । यसका साथै जिल्लाबाट केहि ठूला व्यापार व्यवसाय अन्तै पलायन भएको पनि देखिएको छ ।

ADD Khali jpg
Loading...