स्वास्थ्य शिविरबाट तीन सयजना लाभान्वित

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट तीन सय चार सेवाग्राही लाभान्वित भएका छन् । उक्त शिविर शुक्लाफाँटा-१० झलारीस्थित स्वास्थ्य चौकीमा वडा कार्यालयले आयोजना गरेको हो ।

स्वास्थ्य शिविरमा छाला, आँखा, हाडजोर्नीलगायत सम्बन्धि रोगको उपचार गरिएको थियो । स्वास्थ्य चौकीका सिनियर अहेब लोकेन्द्र ऐरीका अनुसार दुई सय १५ जनाको आँखा परीक्षण गर्दा २३ जनामा मोतियाविन्दु देखिएको छ । उनले भने, “मोतियाविन्दु देखिएकालाई निः शुल्क शल्यक्रियाका लागि धनगढी पठाइएको छ ।”

Navadurga sun

शिविरमा आँखासम्बन्धी दुई सय १४ जनाले तथा छाला, हड्डी, छाती र स्वाशप्रश्वास सम्बन्धि ८६ जनाले सेवा लिएका थिए । आँखाको जाँच गरेका ५५ जनालाई निः शुल्क चस्मा वितरण गरिएको थियो । उपचारमा डा.गणेश फुलारा, डा.अनिल खड्का, डा.पुजन चापागाइँलगायतको टोली खटिएको शुक्लाफाँटा-१० का वडाध्यक्ष लालबहादुर ऐरले जानकारी दिए ।

“जनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउनका लागि शिविर सञ्चालन गरिएको हो”, उनले भने, “आर्थिक अवस्था कमजोर भएका स्थानीयवासी गाउँमै स्वास्थ्य सेवा पाउँदा खुसी छन् ।” रासस

 

ADD Khali jpg
ADD Khali jpg
Loading...