अत्तरिया- बाह्रदेउ ज्यावन समाज कैलालीको सम्पन्न पहिलो साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ। जस्को अध्यक्षमा नमस्ते होटलका सञ्चालक लक्ष्मण धामी चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा जय बहादुर धामी तथा उपाध्यक्षमा नरेश बोहरा चयन भएका छन् ।






त्यसैगरी कोषाध्यक्षमा वीर बहादुर धामी, सचिवमा अथक कुमार धामी चयन भएका छन् भने सदस्यहरुमा राम बहादुर धामी, लाल बहादुर धामी र गणेश बहादुर धामी चयन भएका छन् ।





१३ जनाको कार्यसमिति रहनेमा बाँकी ५ जना समितिले केहि दिनमा छनोट गर्ने जनाईएको छ । पुर्खौली घर बझाङ भई बाह्रदेउ ज्यावन देउताका आस्थावान व्यक्तिहरु एकजुट हुने उद्देश्यले उक्त समाजको स्थापना गरिएको अध्यक्ष धामीले बताएका छन् ।




