कैलालीको गोदावरीमा लागूऔषध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा लागूऔषध सम्बन्धी सचेतना मुलक आयोजना गरिएको कार्यक्रममा कैलाली जिल्लामा तथ्याङ्क अनुसार लागूऔषध ओसारपोसार तथा सेवन गर्नेको संख्या देशको दोस्रोमा रहेको पाइएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

‘लागू औषध दुरुपयोग विरुद्धको ऐक्यबद्धता व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नाराका साथ मंगलबार लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंको आयोजनामा लागूऔषध सेवनकर्ताहरुसंग गर्नुपर्ने व्यवहार, नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम गोदावरी नगरपालिकामा सम्पन्न भएको छ । कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले नेपालको लागूऔषध दुव्र्यसनमा परेको पहिलो काठमाडौं जिल्ला पछिको दोस्रो कैलाली जिल्ला रहेको उल्लेख गरे ।

Dadeldhura hospital

उनले तथ्याङ्क सर्वे गरिएको अनुसार देशमा अझै लागूऔषध प्रयोग गर्ने संख्या बढ्दै गएको देखिएको बताए । बढ्दै गएको लागूऔषध सेवनकर्ताहरुको संख्या न्यूनीकरण गर्नको लागि आपूर्ति नियन्त्रणले मात्रै सम्भव नहुने भएर यसको माग घटाउने कार्य एकदमै महत्वपूणर् रहेको बताए । उनले यस्ता लागू औषधको माग हुँदैन भने आपूर्ति आफै घट्छ त्यसैले यस्ता लागूऔषध विरुद्धमा प्रहरीले मात्रै होइन स्थानीय, गाउँघर लगायतका व्यक्तित्वहरुले ऐक्यबद्धता भएर लाग्नुपर्ने आवश्यक रहेको बताए ।

यही सन्दर्भमा हामीले लागूऔषध दुव्र्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना साथै यस्ता बढ्दै गएको लागूऔषध नियन्त्रणका अभिभावक, शिक्षकहरुले भनेको भन्दा साथि भाईहरुको हेरचाहमा अलिक प्रभावकारी हुने भएको एबम् ‘केयर ग्रुप एजुकेसन’ को धारणाको साथ समेत कार्यक्रम सञ्चालन गरिरहेको बताए ।

उनले भने । ‘हाम्रो लक्ष्य जुनसुकै व्यक्तिलाई पनि लागूऔषध सेवन गर्न जालमा पर्नबाट जोगाउनपर्छ र लागू औषध सेवनकर्ताहरुलाई सुधार्नु पर्छ ।’ लागू औषधमा फसिसकेका सेवनकर्ताहरूलाई उपचार गराएर सुधार कसरी ल्याउने सम्बन्धी सोचेर उनीहरूको मनोबल बढाएर, परामर्श दिएर सुधारमा ल्याएर समाजमा पुनःस्थापित गर्नुपर्छ भन्ने सोचका साथ यो सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको बताए ।

हाम्रो मुख्य उद्देश्य भनेको कोही पनि बालबालिकाहरु यसको दुव्र्यसनमा नफसोस् साथै लागूऔषध दुव्र्यसनीमा नपर्न दिन यसको नियन्त्रणको लागि समाज, मिडिया, विद्यालय, अविभावक प्रहरी, प्रशासन सबैले आ-आफ्नो तर्पmबाट भुमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

साथै उनले यस्ता लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु देशब्यापी रुपमा चलाउँदै आइ रहेको बताए । नेपालमा सबै भन्दा बढी २५ देखि २९ वर्षका उमेरका व्यक्तिहरू लागुऔषधमा फसेको पाइएको छ । कार्यक्रममा आयोजकले लागुऔषध सेवनकर्ता पहिचान गर्ने तरीका, लक्षणहरु, नियन्त्रण कसरी गर्ने साथै नियन्त्रण गरीएका प्रयासहरुका बारेमा जानकारी दिएको थिए ।

Loading...