वडाबाटै सामाजिक सुरक्षा भत्ता

दार्चुला- मालिकार्जुन गाउँपालिकाले बैङ्कसम्म पुगेर सामाजिक सुरक्षा भत्ता बुझ्न नसक्ने लाभग्राहीलाई वडामै पुगेर भत्ता दिन थालेको छ । आइतबारदेखि वडामै गएर घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको मालिकार्जुन गाउँपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए ।

Ganyapdhura gau
Dadhaldhura pur

स्थानीय नागरिकले पालिकास्थित माछापुच्छे« बैङ्कसम्म पुगेर भत्ता लिन समस्या भएको गुनासो गरेपछि पालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको गाउँपालिकाका अध्यक्ष हिरासिंह धामीले बताए ।

Navadurga sun
Godawari sandesh

यसअघि पालिका केन्द्रमा रहेको माछापुच्छे« बैङ्कमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता चालु आवबाट वडाबाट वितरण गरिन लागेको हो । मालिकार्जुन गाउँपालिका–२ का ८० वर्षीय धनसिंह धामी सामाजिक सुरक्षा भत्ता बुझ्न एक दिन हिँडेर पालिका पुग्दा निकै थकित हुने गरेको बताए । यस पटक वडामै पाउँदा सुख भएको उनको भनाइ छ । त्रैमासिक भत्ता बुझ्दै आएका धनसिंहले भने, “अब सधैँ वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्नुहोला ।”

Couple
Loading...