धनगढी ६ लेन सडकमा बस र स्कुटर ठोक्किदा दुर्घटना

धनगढी- कैलालीको धनगढीस्थित ६ लेन सडकमा बस र स्कुटर ठोक्किदा दुर्घटना भएको छ । मोहनापुल-अत्तरिया ६ लेन सडकको माया मेट्रो अस्पताल अगाडि दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

से १ ख १००३ नम्बरको बस र से ३ प १२४१ नम्बरको स्कुटर आपसमा ठोक्किदा स्कुटर चालक धनगढी वडा नम्बर १३ की विमला घिमिरे घाईते भएकी छिन् । घाईते भएकी विमलाको माया मेट्रो अस्पतालमा उपचार भैरहेको छ । बसका चालक धनगढी उपमहानगरपालिका वडा नम्बर २ का भागिराम चौधरी र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADD Khali jpg
Loading...