दशरथचन्दमा राष्ट्रपति रनिङ शिल्ड पुस ५ गतेदेखि

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ५ गतेदेखि शुरु हुने भएको छ।दोस्रो रनिङ शिल्ड प्रतियोगिताका रूपमा यो प्रतियोगिता पुस ५ देखि पुस ९ गतेसम्म सञ्चालन हुने नगरविकास खेलकुद विकास समितिका अध्यक्ष भूपेन्द्र चन्दले जानकारी दिए।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सञ्चालन हुने प्रतियोगिताका खेलहरू निङलाशैनी खेलमैदान, देहिमाडौँमा हुनेछन्।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

नगर खेलकुद विकास समितिको निर्णय तथा शैक्षिक सत्र २०८० अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको दशरथचन्द नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरीशप्रकाश भट्टले बताए।

प्रतियोगितामा सहभागी हुन नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयलाई अनुरोध गरेको छ। सहभागी हुने विद्यालयले मंसिर ३० गतेभित्र आवश्यक विवरणसहित शिक्षा शाखामा टिम दर्ता गर्नुपर्ने जनाएको छ। प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथलेटिक्स अन्तर्गतका खेलहरू हुनेछन्।

जिल्ला खेलकुद समितिले पुस मसान्तसम्म यहाँका सबै पालिकालाई पालिकास्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ। त्यसैअनुसार यहाँका स्थानीय तहले पालिकास्तरीय प्रतियोगिता आयोजनाको तयारी गरेका छन्।

स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि माघमा जिल्लास्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारीले जानकारी दिए।

 

Loading...