अत्तरिया- कैलालीको चुरे गाँउपालिकामा खुला भलिबल प्रतियोगिता हुने भएको छ । बसर युवा क्लबको आयोजनामा खुला भलिबल प्रतियोगिता हुने भएको हो ।


क्लबले चुरे गाँउपालिका घरखेडा १ मा रहेको खेलकुद मैदानमा २३ मंसिरदेखि प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता मिलन युवा क्लब र चुरे गाउँपालिकाको प्रमुख सहकार्य र बडीकेदार निर्माण सेवा प्रा.लि.को मुख्य प्रायोजक रहको आयोजकले जनाएको छ ।



उक्त प्रतियोगिता चुरे क्षेत्रको सर्वाधिक धनराशीको सुदूरपश्चिमाञ्चल खुला भलिबल प्रतियोगिता “चुरे कप २०८०” रहेने जनाएको छ ।
टिम दर्ता यहि मंसिर २२ गतेसम्म गर्नु पर्ने र टिम दर्ता शुल्क ४ हजार लाग्ने छ । प्रतियोगिताको विजेता टिमले ५० हजार नगद प्रमाणपत्र मेडल र ट्रफी हात पार्नेछ ।
त्यस्तै उप-विजेता टिमले २० हजार नगद प्रमाणपत्र मेडल र ट्रफी र तृतीय हुने टिमले १० हजार नगद प्रमाणपत्र मेडल र ट्रफी हात पार्ने आयोजकले जनाएको छ ।






