लगानी सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई सुदूरपश्चिम सरकारले पुरस्कार दिने

Dadeldhura hospital

धनगढी- सुदूरपश्चिम सरकारले आयोजना गर्न लागेको लगानी र विकास सम्मेलनको उत्कृष्ट लोगो बनाउनेलाई पुस्कृत गर्ने भएको छ । फागुन २३ र २४ गते आयोजना गर्न लागिएको सम्मेलनको उत्कृष्ट लोगो तयार गनेलाई २५ हजार ५५५ रुपैयाँले पुरस्कृत गर्ने भएको हो ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले एक सूचना सार्वजनिक गर्दै लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको बताएको छ । सूचनामा भनिएको छ, ‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगितामा भाग लिन इच्छुक नेपाली नागरिक वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध छ ।’

लोगो निर्माणका लागि मन्त्रालयले लोगो तयार गर्ने सम्बन्धी मार्गदर्शन, शर्तहरू छनौट प्रक्रिया तोकेको छ । ‘लोगोको फाइल तस्विर वा पिडिएफ हुनुपर्ने, लोगो कलाकृति कम्तीमा दुई इन्च लामो र सबैभन्दा सानो साइडर हुनपर्ने, लोगो शुद्ध र सफा हुनुपर्नेलगायत मार्गदर्शनमा उल्लेख छ ।

मन्त्रालयले प्रतियोगिताका लागि पठाइएको लोगो फिर्ता नहुने, लोगो मौलिक भएको भनी स्वयं प्रमाणित गरिएको पत्र पठाउनुपर्ने, लोगोको निर्माण पक्षले प्रतिलिपि अधिकारसहित कुनै पनि अधिकारको दाबी प्रस्तुत गर्न नपाउने लगायतका सर्तहरू राखेको छ ।

notice of logo

Loading...