धनगढी पुगे नेकपा एमालेका अध्यक्ष ओली

अत्तरिया- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कैलाली पुगेका छन् । बुद्ध एयरको जहाज मार्फत ओली धनगढी पुगेका हुन् ।

१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली आएका हुन् । अध्यक्ष ओलीसँगै श्रीमती राधिका शाक्य, वरिष्ठ उपाध्यक्ष तथा पुर्ब मन्त्री ईश्वर पोखरेल, उपाध्यक्ष तथा पुर्ब मन्त्री विष्णु पौडेल लगायतका नेताहरू पुगेका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अध्यक्ष ओली लगायतका नेताहरू मंगलबार धनगढी नै बस्ने छन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने बुधबार आउँदै छन् । बुधबार (भोली) बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए ।

१४ गते बिहान अध्यक्ष ओलीले बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छन् । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब १ हजार ८ सय ७९ किलोमिटर छ । झुलाघाट-चिवाभञ्ज्याङ यात्रा ३ सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरि रहेका छन् ।

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गर्ने एमालेले तयारी गरेको छ ।

Loading...