सरुवा भएर आएका एसपी अधिकारीले सम्हाले कार्यभार

Dadeldhura hospital

धनगढी, १६ असार- सरुवा भएर जिल्ला प्रहरी कार्यालय कैलाली आएका एसपीले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक अनुपम शमशेर जवराको सरुवा भएपछि उनको ठाउँमा विश्व अधिकारी आएका हुन् । एसपी अधिकारी बुधवार कैलाली पुगेका हुन् । अधिकारी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल भएका छन् ।

एसपी अधिकारी प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँनयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् । विभिन्न जघन्य अपराधलाई अनुसन्धान गरी टुँगोमा पुर्याउन सफल भएकै कारण एसपी अधिकारीलाई अपराध अनुसन्धानमा अब्बल प्रहरी अधिकृतका रुपमा समेत चिनिएका छन्।

Loading...