नेपाल रेडक्रस कैलालीले गोदावरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण




अत्तरिया, १५ असार- नेपाल रेडक्रस कैलाली शाखाले कोभिड-१९ प्रतिकार्य एवं पूर्व तयारी परियोजना अन्तरगत स्वास्थ्य सामग्री गोदावरी नगरपालिकालाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच रेडक्रस कैलाली शाखाका सभापति उत्तम जोशीले गोदावरी नगरपालिका मेयर हरिसिंह साउँदलाई मंगलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।



पीपीई सेट १० थान, इलोक्टोनिक सेनिटाइजर डेस्पेन्सर एक, सेनिटाइजर दुई जार, अक्सिजन कन्सेन्ट्रेटर एक र मास्क तीन हजार पीस हस्तान्तरण गरेको थियो । त्यसैगरी सेनिटाइजर २ एमएलका ५० पीस, सेनिटाइजर ५ एमएलका २५, फेस सिल्ड ५० वटा र पन्जा ५ बक्स हस्तान्तरण गरेको रेडक्रस कैलालीले जनाएको छ ।


स्वास्थ्य सामग्री बुझ्दै मेयर हरिसिंह साउँदले संघ संस्थाको सहयोग प्रति हार्दिक आभार व्यक्त समेत गरेका थिए । साउँदले कोरोनाको महामारीमा गोदावरी नगरपालिकाले जनताको स्वास्थ्य सुरक्षामा कुनै कमी नगरेको बताए । अझै पनि कोरोना महामारीमा नगरपालिका गम्भिर तरिकाले लागि परेको समेत बताए ।
हस्तान्तरण कार्यक्रममा रेडक्रस कैलाली सभापति उत्तम जोशीले रेडक्रस परोपकारी संस्थाका रुपमा स्थापीत भएका हुँदा कैलाली जिल्लाका विभिन्न स्थानीय तहलाई भौतिक तथा स्वास्थ्य सामग्रीहरु उलब्ध गराएको जानकारी दिए । समस्यामा रेडक्रस सधैव अगाडि रहि रहने जोशीले बताए ।



