अत्तरिया, २ मंसिर । कैलालीको गोदावरी नगरपालिका वडा नं १ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको १४ औं वार्षिक साधारण सभा शनिवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।


कार्यक्रममा प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश प्रमुख माननीय देवराज जोशी रहनु भएको थियो ।



कार्यक्रममा प्रमुख अतिथी रहनु भएका प्रदेश प्रमुख भट्टले पुस्तक एउटा यस्तो महत्वपूर्ण बिषयबस्तु हो । जति मान्छेको दृष्टिकोण सोच बदलेर चरित्र नै फरक पारी दिन्छ पुस्तकबाट प्रेरणा प्राप्त गरि सोच नै परिवर्तन गरिदिन्छ । जिवनलाई कतातिर लैजाने भन्ने एउटा बाटो नै तय गरिदिन्छ । त्यसैले पुस्तक जीवनका लागी अत्यन्तै महत्वपूर्ण कुरा हो । मानिसको जीवनमा पुस्तकालय ले महत्वपूर्ण भुमिका खेलेको हुन्छ किनकी मानिसको जीवनमा ज्ञान प्राप्त गर्ने माध्यम पुस्तकालयले पूर्ण गर्ने गर्छ उनले भने ।


त्यस्तै विशिष्ठ अतिथिमा प्रतिभा सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष कृष्ण पनेरु ‘वञ्चित’, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपालदत्त भट्ट, गोदावरी नगरपालिका वडा नं ४ का वडा अध्यक्ष हेमप्रकाश मल्ल रहनु भएको थियो । कार्यक्रममा पुस्तकालयका १ सय जना आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । पुस्तकालयका वर्तमान कार्य समिति सदस्य नरेन्द्रराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव राज बहादुर कडायतले गर्नु भएको थियो ।
साधारण सभाको समुद्घाटन सत्रमा यस पुस्तकालयद्वारा प्रत्येक वर्ष प्रदान गरिने ११ हजार १ सय ११ नगद धनराशिको मुड्भरी साहित्य पुरस्कार-२०७९ डोटी जिल्ला, शिखर न.पा. मारकट्टे निवासी साहित्यकार डिल बहादुर महरालाई प्रदान गरिएको थियोे । त्यस्तै पुस्तकालयका ५ जना नियमित पाठकहरु लयायत समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउने ८ जना महानुभावहरुलाई पनि पुस्तकालयको तर्फबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा सम्मानित हुनेहरुमा अत्तरिया बस पार्क व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण भट्ट, अत्तरिया खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष टिकादत्त जोशी, अत्तरिया उद्योेग वाणिज्य संघका संस्थापक अध्यक्ष वसन्त रोकाया ‘ललित’, गोदावरी न.पा.४ स्थित हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर शाही, गोदावरी न.पा.२ वनदेवी स्थित ग्वासी समैजी देवस्थल सम्भार केन्द्रका अध्यक्ष चन्द्र बहादुर मडै, अत्तरिया स्थित कृषि उपज थोक बजार समितिका संस्थापक अध्यक्ष नन्दलाल भट्ट, गो.न.पा.२ अत्तरिया निवासी शिक्षा प्रेमी एवम् समाजसेवी व्यक्तित्व दामोदर रिजाल, गो.न.पा.२ क्याम्पस टोल निवासी यस पुस्तकालयका वर्तमान ग्रन्थपाल लेखराज जोशी तथा नियमित पाठक तर्फ गो.न.पा.१ आदर्शटोल निवासी उमाकान्त रोस्यारा, गो.न.पा.४ बास्कोटा निवासी लिलाधर जोशी, गो.न.पा.४ बास्कोटा निवासी टेकराज भण्डारी, गो.न.पा.२ उत्तर वनखेत निवासी बम बहादुर मल्ल र गो.न.पा.४ बास्कोटा निवासी तुणर् बहादुर शाहीलाई समेत साधारण सभा कार्यक्रममा सम्मानित गरिएको थियो ।
साधारण सभाको बन्द सत्रमा पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले गत आ.व.को प्रगति प्रतिवेदन तथा आगामी आ.व.को अनुमानित कार्य योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष धर्मसिंह कुँवरले गत आ.व.को आय-व्यय विवरण तथा आगामी आ.व.को अनुमानित आय-व्यय विवरणप्रस्तुत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाकार समिति सदस्य कार्य समिति सदस्य, भूतपूर्व का.स.सदस्यहरु, दानदाता सदस्य तथा आजीवन सदस्य गरी जम्मा १ सय जनाको उपस्थिति रहेको थियो । उपस्थित सम्पूणर् आजीवन सदस्यहरुले उक्त लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्व सम्मतिले अनुमोदन गरेका थिए ।





