


दार्चुला- बैतडीको दोगडाकेदार गाउँपालिका–४ युवक मृत फेला परेका छन् । मल्लीओढार बस्ने अन्दाजी २३ वर्षीय तर्कराम महर शुक्रबार बिहान १० बजेतिर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक महरको घरबाट करिब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।


मृतकका भाइ कृष्णरामले झुण्डिएको अवस्थामा दाइलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए । तर घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको बैतडी प्रहरीका प्रवक्ता खेमविक्रम केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको उनको भनाइ छ ।





