
दार्चुला- भारतसँग सीमा जोडिएको दार्चुलाको महाकाली नगरपालिका–४ खलंगास्थित झोलुङ्गे पुल खुल्ने समय हेरफेर गरिएको छ । यसअघि बिहान ६ बजे खुलेर बेलुकी ७ बजे बन्द हुँदै आएको सीमा पुल आजदेखि बिहान ६ बजे खुलेर साँझ ६ बजे बन्द हुने भएको छ । अब दिन छोटा भएकाले पुल खुल्ने समय पनि एक घण्टा छोटाइएको हो । यो पुल भएर सबैभन्दा बढी नागरिक ओहोरदोहोर गर्छन् ।




