कञ्चनपुरमा मृत फेला परे पति–पत्नी

कञ्चनपुर- कञ्चनपुरको लालझाडीमा आइतबार बिहान श्रीमान् श्रीमती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लालझाडी गाउँपालिका–१ बिनबारीमा श्रीमान् श्रीमती आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन।

बिनबारीका २६ वर्षीय श्याम कुमार राना र उनकी श्रीमती २५ वर्षीया पत्नी पुष्पा राना आफ्नै कोठाको धुरीमा कपडाको एकै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीलेजानकारी दिए।

Navadurga sun

‘शनिबार रातिको घटना रहेछ, आज बिहान घटनाको बारेमा हामीलाई जानकारी आएको हो,’ उनले भने, ‘अहिले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ।’ राना दम्पतिले आत्महत्या गर्नुको कारण खुलेको छैन। श्रीमान् श्रीमतीबीच घरायसी झगडा हुने गरेको प्रहरीले जनाएको छ।

राना दम्पतिका तीन वर्षीय एक छोरा छन्। छोरासहित श्रीमान् श्रीमती घरमा बस्दै आएका थिए। उनीहरु आमाबुवा र दाइभाइसँग केही वर्षअघि छुट्टिएर एक्लै बस्दै आएका छिमेकीले बताएका छन्। राना दम्पति कैलालीको धनगढीमा ज्याला मजदुरी गर्दै गर्थे।

मृतक श्यामकी आमा बिहान घरमा जाँदा तीन वर्षे बालक रुदै बाहिर आएपछि भित्र गएका हेर्दा श्रीमान् श्रीमती एउटै पासोमा झुण्डिएको अवस्थामा फेला परेका उनले बताइन्। प्रहरीले शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल लगेको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...