कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ

Dadeldhura hospital

कञ्चनपुर– कञ्चनपुरबाट ७ जना जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका-७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी सहित ७ जना जुवाडे पक्राउ परेका हुन् । मंगलबार बिहान उनीहरु जुवाखालबाटै पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नगद ११ हजार ५ सय ८० रूपैयाँ र एक बुक तास सहित पक्राउ गरेको हो । घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...