कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी

धनगढी– कैलारी गाउँपालिकाको-९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ । वडा कार्यालयको हरेक काममा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले नाराबाजीसहित वडा नम्बर ९ को कार्यालयमा तालाबन्दी गरेका हुन् ।

Dadeldhura hospital

स्थानीय कमल सिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए ।

Navadurga sun
Godawari sandesh

वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्क विहीन रहेका छन् । गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए । वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनको भनाइ छ ।

Loading...