अत्तरियामा कल्भर्टवाट अटो खस्दा खानेपानीको पाइपमा अड्किदा, ठूलो दुर्घटना हुनबाट जाेगियाे





अत्तरिया, १३ असार- कैलालीको अत्तरियामा कल्भर्टवाट अटो रिक्सा खसेको छ । गोदावरी नगरपलिकाका वडा नं २ मा पर्ने खानीपानी नजिकै रहेको सानो कल्भर्टमा अटो रिक्सा खसेर पाइपमा अड्किदा सबै जना शकुशल रहेका छन् । यसरी अटो रिक्सा खसेर पाइपमा अड्किदा ठूलाे दुर्घटन हुनबाट जाेगिएको छ ।


जसले गर्दा अटोमा रहेको ४ जना सवार सकुशल रहेका छन् भने अटोका चालक सामन्य घाईते भएको प्रहरीले जनाएको छ । उक्त अटो अत्तरियावाट तेघरी तर्फ गैरहेको र आफै अनियन्त्रि भएर दुर्घटना हुन गएको बताइएको छ ।



