कञ्चनपुर– कञ्चनपुरमा लागूऔषध सहित चार जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-१ स्थित महाकाली नदीमा निर्माणाधिन पुल नजिक सडक खण्डबाट ०.३१ ग्राम लागूऔषध सहित भीमदत्त नगरपालिका-१२ का २२ वर्षीय मौसम भनिने महेश भट्ट र भीमदत्त नगरपालिका-१७ बस्ने २६ वर्षीय कपिल भट्टलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको कञ्चनपुर प्रहरीले बताएको छ ।



अस्थायी प्रहरी पोष्ट झोलुङ्गे कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा दुबै जनाको साथबाट लागूऔषध फेला पारी स्कुटी १ थानसहित दुबै जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए । यस्तै बेलौरी नगरपालिका-६ बैशाखा पुलबाट २.३५ ग्राम लागूऔषध सहित थप दुई जना पक्राउ परेका छन् ।


सोही ठाँउ बस्ने २५ वर्षीय उत्तम बुडाल र २८ वर्षीय महेन्द्र बुडाल आईतबार दिउँसो पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी मोटरसाईकल १ थान सहित दुबै जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक डाँगीले बताए । यस सम्बन्धमा चारै जना माथि थप अनुसन्धान गरिरहेको डाँगीले जानकारी दिए ।





