इजरायल घटनाका चार जनाको शव परिवारलाई बुझाइयो

धनगढी- हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका चार जनाको शव आइतबार साँझ धनगढी पुर्‍याएर परिवारलाई बुझाइएको छ ।

कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर–५ का आशिष चौधरी, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकम-५ का दीपेशराज बिष्टको शव धनगढी ल्याइएको हो ।

Navadurga sun

नेपाली सेनाको स्काई भ्यान मार्फत धनगढी ल्याइएका ती शवहरु कैलाली जिल्ला प्रशासन कार्यालयले समन्वय गरी परिवारजनलाई हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए ।

दार्चुलाका शवहरू सम्बन्धित स्थानीय तहको समन्वयमा शव वाहन व्यवस्थापन गरी पठाइएको छ भने कैलालीका शवलाई पनि त्यसैगरी पठाइएको हो । नेपालका लागि इजरायलका राजदूतसमेत धनगढी आएर मृतकका आफन्तलाई भेटघाट गरेका छन् ।

परिवारजन धनगढी विमानस्थलमै पुगेका थिए । गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । ती मध्ये सात जना सुदूरपश्चिमका हुन् ।

 

 

 

ADD Khali jpg
Loading...