दार्चुलाबाट डेढ किलो चरेससहित दुई जना पक्राउ

Dadeldhura hospital

दार्चुला- दार्चुलाबाट डेढ किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन्। एक किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुरसिंहले बताए।

Ganyapdhura gau

बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको उनले बताए। जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो।

 

Couple
Loading...