दार्चुलामा चार किलो बढी चरेससहित दुई युवक पक्राउ

दार्चुला- दार्चुलामा चार किलोग्राम चरेससहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मार्मा गाउँपालिका–१ ताकुका २८ वर्षीय विर्ख ठगुन्ना र घोल्जरका २० वर्षीय सहदेव ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।

Ganyapdhura gau
Dadeldhura hospital

मंगलवार राती साढे १ बजेतिर शैल्यशिखर नगरपालिका–३ कर्कलेमा उनीहरूलाई चेकजाँच गर्दा ४ किलो १०० ग्राम चरेस र जोख्ने तराजु फेला परेपछि पक्राउ गरिएको उनले बताए । उनीहरू गोकुलेश्वरतर्फ आइरहेका थिए ।

Navadurga sun
Godawari sandesh

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको हो । यसअघि प्रहरीले दार्चुलामा भदौ २६ गते ८ किलो ८५० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको थियो ।

Couple
Loading...