निसर्ग हस्पिटलमा कोरोना संक्रमित बिरामी छैनन्, सबै ठिक भएर घर गए

धनगढी, १० असार- कैलालीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचाररत सबै कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

Dadeldhura hospital

धनगढी स्थित निसर्ग हस्पिटलमा उपचाररत सबै बिरामी उपचारपछि घर फर्किएपछि कोभिडवार्ड खाली भएको हो ।
कोरोना दोस्रो लहर सुरु भएयता हस्पिटलमा जेठ ३१ गतेसम्म १५० जना कोरोना संक्रमित भर्ना भएको र विशेष वहिरङ्ग सेवा मार्फत ३०० भन्दा बढी संकास्पद बिरामीले उपचार लिएको अस्पतालका अध्यक्ष तीर्थराज पन्तले बताए । उपचारका लागि आएकामध्ये ८ जना संक्रमितको मुत्यु भएको अस्पतालले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोनाको दोस्रो लहरले भारतसँगै नेपाल पनि आक्रान्त बनेपछि महामारीको दोस्रो लहरका कारण कैलाली जिल्ला पनि बढी प्रभावित जिल्ला बनेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । दैनिक रुपमा बढेको संक्रमणको दर र संक्रमितको संख्यालाई कोभिड केन्द्रित तथा सरकारी अस्पतालले मात्र थेग्न नसकेपछि सरकारसँगको समन्वयमा निजी अस्पतालमा पनि कोभिड संक्रमितको उपचार थालिएको थियो ।

सोही समन्वयमा निसर्ग हस्पिटलले पनि संक्रमितको उपचार सुरु गरेको थियो । अब भने हस्पिटलमा कोरोनाका बिरामी नरहेको र अन्य विमारील ढुक्क भएर उपचार गर्ने वातावरण भएको अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड वार्ड सञ्चालनमा आएपछि अन्य बिरामीको चाप पनि घटेको निसर्ग हस्पिटलका अध्यक्ष पन्तले बताए ।

Loading...