दार्चुलामा मानव कंकाल फेला

दार्चुला- दार्चुलामा मानव कंकाल फेला परेको छ। जिल्लाको दुहुँ गाउँपालिका–४ गर्खा बिन्नाजोशी ओडार नजिक जंगलमा शुक्रवार कंकाल फेला परेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

उक्त कंकाल सोही ठाउँको पोक्से दोरजेरका ७५ वर्षीय धनसिंह लोथ्यालको भएको खुलेको छ। स्थानीयले घर भन्दा करिब ३ किलोमिटर पर सडेगलेको अवस्थामा उक्त कंकाल देखिपछि प्रहरीलाई खबर गरेका थिए। कंकाल लोथ्यालकै भएको प्रहरीले बताएको छ।

Navadurga sun
Godawari sandesh

उनी घरबाट गत जेठदेखि सम्पर्क विहिन थिए। उनको विगत लामो समयदेखि मानसिक सन्तुलन बिग्रेको प्रहरीले बताएको छ। गत जेठमा परिवारलाई खबरै नगरी घरबाट हिँडेका लोथ्याल लामो समय सम्पर्कमा थिएनन्। घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Couple
Loading...