बैतडीमा एक जना मृत फेला

Dadeldhura hospital

बैतडी- बैतडीमा एक जना घर नजिकै मृत फेला परेका छन्। बिहीबार पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४२ वर्षीय सुरेन्द्र कुँवर झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार उनी घरनजिकैको मेलको रूखमा झुण्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन्। उनको मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको हो।

Navadurga sun
Godawari sandesh
Loading...