
बाजुरा- जिल्ला प्रहरी कार्यालय बाजुराले एक सय ८८ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। शनिवार बडिमालिका नगरपालिका–९ गड्खेतमा लुकाइ छिपाई राखिएको अवस्थामा चेकजाँचको क्रममा घरेलु मदिरा फेला पारि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।



गड्खेतका स्थानीय चक्र बडूवालको पसलमा चेकजाँच गर्दा एक सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र तीन लिटर अवैध मदिरा समेत बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

