एकीकृत समाजवादीले २१ जनालाई गर्‍यो केन्द्रीय सदस्यमा मनोनित

काठमाडौं- नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठक र भाद्र १८ र २२ मा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो।

बैठकले गरेको निर्णयहरूबारे जानकारी दिन एकीकृत समाजवादीले जारी गरेको अन्तरपार्टी निर्देशनमा केन्द्रीय सदस्यमा २१ जना मनोनित गरिएको उल्लेख छ।

Navadurga sun

एकीकृत समाजवादीको विधानले केन्द्रीय समितिमा ३५१ जना सदस्य रहने व्यवस्था गरेको छ। तीमध्ये केही केन्द्रीय सदस्यहरूको निधन भएको र केहीले पार्टी छाडेका कारण रिक्त रहेको २१ जना पदमा सदस्य मनोनित गरिएको हो। एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष रहेका सुदेश पराजुली पनि केन्द्रीय सदस्य मनोनित भएका छन्।

यी हुन् केन्द्रीय सदस्यमा मनोनित भएका २१ जनाः

१. अजबहादुर मल्ल — बाजुरा

२. ओमचरण अमात्य — भक्ततपुर

३. गौतम राई — काठमाडौँ

४. गोविन्द चेपाङ —मकवानपुर

५. चन्द्रा श्रेष्ठ — झापा

६. चिरञ्जीवी भट्टराई —सुनसरी

७. जयप्रकाश यादव — बारा

८. दिपक केसी — काठमाडौँ

९. धनबहादुर कार्की — रामेछाप

१०. धर्म शाही — मुगु

११. नन्द बञ्जाडे — काठमाडौं

१२. बरुनाथ योगी — दैलेख

१३. बैकुण्ठ भुसाल —पर्बत

१४. भक्तिमान सुब्बा— पाँचथर

१५. मिना लामा —मकवानपुर

१६. रामप्रसाद ढुङाना — काठमाडौँ

१७. लंक हमाल — कपिलवस्तु

१८. शालिकराम भट्टराई —नवलपरासी पूर्व

१९. शिवकुमारी खनाल— काठमाडौँ

२०. शैलेन्द्र उपाध्याय— रूपन्देही

२१. सुदेश पराजुली — काठमाडौँ

ADD Khali jpg
Loading...