महाकालीमा सत्तरी हजार रुपियाँ बोकेको झोला खस्यो

बैतडी- महाकाली नदीमा ७० हजार रूपियाँ बोकेको झोला खसेको छ। किनमेलका लागि बिहीबार झुलाघाट बजार जाने क्रममा एक महिलाले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको हो।

दशरथचन्द नगरपालिका–२, देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट महाकालीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन्।

Navadurga sun

भागरथी बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन् । भागरथीका श्रीमान रोजगारीका लागि भारतमा छन्।

केही दिन अघि मात्रै उनका श्रीमानले ४५ हजार रुपियाँ पठाउनुभएको भागरथीले बताए । गाउँमा किराना पसल सञ्चालन गरेर गुजारा गर्दै आएकी भागरथीले पैसाको झोला महाकालीमा खसेपछि आसुँ खसाल्दै रित्तो हात घर फर्किनु परेको बताए ।

गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका ईन्चर्ज राजेन्द्रनाथ योगीले जानकारी दिए ।

झोला भीरमा अड्केको हुनसक्ने अनुमान गर्दै सशस्त्र प्रहरी बलको उद्धार टोलीले कम्मरमा रसी बाँधेर दुईसय मिटर तल भिर हुँदै महाकाली नदी किनारसम्म खोज गरे पनि झोला नभेटिएको उनले बताए । झोलामा नगदसहित बिक्रीका लागि हरियो काँक्रासमेत रहेका थिए।

 

 

ADD Khali jpg
Loading...