नेपाली विद्यार्थी कृषि पढ्न इजरायलतर्फ

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि इजरायल लागेका छन् । टीकापुर कृषि क्याम्पसका आठौं सेमेस्टरका ४९ जना विद्यार्थीको समूह सोमबार र मंगलबार गरी दुई चरणमा इजरायल लागेको हो । ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सोमबार १५ जना र मंगलबार ३४ जना विद्यार्थी इजरायल गएका हुन् ।

Ganyapdhura gau

विश्वविद्यालयले कृषि अध्ययनका लागि नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा सेडट नेगेभ एग्रिकल्चर ट्रेनिङ सेन्टरसँग सम्झौता गरेको हो । नेपाली विद्यार्थीले इजरायलका कृषि फार्ममा प्रयोगात्मक अभ्याससँगै आम्दानीसमेत गर्ने बताइएको छ ।

Navadurga sun
Godawari sandesh

‘हाम्रो शिक्षा सैद्धान्तिक बढी छ, प्रयोगात्मक बनाउन सकेका छैनौं, यसलाई पेसासँग जोड्न सकेका छैनौं ।’ विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशीले भने, ‘कृषि, इन्जिनियरिङलगायतका विद्यार्थीलाई प्रयोगात्मक सिकाइ अनिवार्य हुन्छ ।’

Dadeldhura hospital

जोशीले इजरायली दूतावाससँग भएको सम्झौताअनुसार अब कृषि संकायमा अध्ययनरत आठौं सेमेस्टरका हरेक शैक्षिक सत्रका विद्यार्थी अध्ययनका लागि इजरायल जान पाउने बताए । उनीहरूले त्यहाँका विभिन्न कृषि फार्ममा काम गरेर सिकाइसँगै कमाइसमेत गर्न सक्नेछन् ।

‘अर्न एन्ड लर्न प्रोग्राम’ अन्तर्गत विद्यार्थीहरू इजरायल लागेका हुन्,’ कृषि संकायका डिन लालप्रसाद अमगाईंले भने, ‘विद्यार्थीले इजरायलको प्रविधि सिक्न पाउनेछन्, यससँगै आम्दानी पनि गर्नेछन् ।’

विश्वविद्यालयको कृषि संकायमा यस वर्ष ९२ जना विद्यार्थी अध्ययनरत छन् । जसमा इजरायलका लागि आवेदन दिएका ५५ जनामध्ये ५० जना छनोट भएका हुन् । १ जना अस्वस्थताका कारण जान नसकेको डिन अमगाईंले बताए । इजरायल लागेको यो विश्वविद्यालयको कृषि संकायको पहिलो ब्याच हो ।

उनीहरूले इजरायलमा गर्ने अध्ययन र कामका आधारमा आगामी वर्ष थप विद्यार्थी पठाउन पहल गरिनेछ । ‘यो कार्यक्रम निरन्तर चलिरहनेछ, उनीहरूले यहाँ पनि राम्रो नतिजा ल्याएका छन्,’ अमगाईंले भने, ‘स्वदेशमै पनि विभिन्न कार्यक्रममा विद्यार्थीलाई सिकाइसँगै आम्दानीसँग जोडिरहेका छौं ।’

 

 

 

Couple
Loading...