धनगढीमा चोरी गरेर फरार रहेका प्रतिवादी पक्राउ

Dadeldhura hospital

धनगढी- प्रहरीले चोरी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ८ धनगढी गाउँका महेश राना रहेका छन् । उनले २०७४ माघ १० गते उपमहानगरपालिका वडा नं. १ बसन्त टोलकी शान्ती चौधरीको घरबाट ल्यापटप, मोबाइल तथा नगद गरी १ लाख ४० हजार ६ सय बराबरको धनमाल चोरी गरेका थिए ।

चोरीपछि पक्राउ परेका राना धरौटीमा छुटेका थिए । तर जिल्ला अदालतले उनलाई २०७६ जेठ १५ गते १९ दिन कैद र १ लाख ६ हजार १ सय २६ रुपैंयाको जरिवाना सजाय सुनाएको थियो । त्यसपछि फरार रहेका महेश रानालाई सोमबार पक्राउ गरी अदालतमा पेश गरेकोमा अदालतले उनलाई कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए ।

Loading...