अत्तरियामा गौरा तिज विशेष कार्यक्रम सम्पन्न

अत्तरिया, २२ भदौ- कैलालीको अत्तरियामा गौरा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति अत्तरिया कैलाली र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान धनगढी, कैलालीको संयुक्त आयोजनामा हिन्दु महिलाहरूको महान चाड गौरा पर्व तथा हरितालिका तिजको अवसरमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।

Ganyapdhura gau

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका अध्यक्ष लिला बास्कोटाको सभाअध्यक्षमा भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी रहनु भएको थियो ।

Navadurga sun

Dadhaldhura pur

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथीमा सुदूरपश्चिमका सामाजिक विकास मन्त्री झपट बहादुर साउँद, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा.टी.एन.जोशी, तुलसी देवकोटा, प्रदेश सभा सदस्य खेमा बिष्ट, विभिन्न सुरक्षा निकायका प्रतिनिधी तथा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको व्यवस्थापकमा नमस्ते होटल अत्तरिया कैलाली र सौजन्य जीवन स्टिकर धनगढी कैलाली रहेको थियो ।

त्यस्तै प्रायोजकमा त्रिपुरा मसरुम एग्रो एण्ड हर्वल प्रा.लि. मालाखेती क्रैलाली र न्यू शैलेश्वरी सुनचाँदी पसल अत्तरिया कैलाली रहेको थियो । त्यस्तै सहकार्यमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय अत्तरिया कैलाली रहेको थियो । त्यस्तै विशेष सहयोगीमा गोदावरी नगरपालिका वडा नं.२ को कार्यालय अत्तरिया कैलाली र यशोदा फुड प्रा.लि.रहेको थियो ।

कार्यक्रममा गौरा प्रदर्शनी, तीज गित प्रतियोगिता लगायतका बिभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका थिए ।

कार्यक्रम संयोजक रहनु भएकी कमला भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठान केन्द्र समितिका सचिव गोमा ढकालले गरेकी थिइन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...