बीओपी स्थापनाका लागि तिङ्कर हिँडेका जनप्रतिनिधिलाई भारतीय एसएसबीले बाटोमै रोक्यो

दार्चुला- दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ तिंकरमा सशस्त्र प्रहरीको बीओपी स्थापना लागि गएका जनप्रतिनिधिलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले बाटोमै रोकेको छ ।

Ganyapdhura gau

भारतीय बाटो हुँदै कार्यक्रममा सहभागी हुन गएका महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर, व्यास गाउँपालिकाका अध्यक्ष मंगल सिंह धामी र विद्यार्थी नेता दीपक सिंह खातीलाई भारतीय सीमा सुरक्षाबलले बाटोमै रोकेको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भारतीय सुरक्षाकर्मी एसएसबीले तिगरम पुलघाट नजिक रौगती भन्ने ठाउँमा तीनै जनालाई जाँच गरी माथि जान नदिएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले ‘तपाईँहरुलाई अगाडि जान अनुमति छैन’ भन्दै बाटोमै रोकेको टोलीमा गएका एकजना स्थानीयले बताएका छन्। व्यास गाउँपालिकाको तिङ्करमा बिहिवार सशस्त्र प्रहरीको बीओपी स्थापना गरिँदै छ ।

कार्यक्रममा सँगै रहेका सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल, प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बरबहादुर विष्टसहितको टोलीलाई भने भारतीय मोटरमार्ग हुँदै एसएसबीले तिङ्कर जान दिएको उनले बताए ।

दार्चुलाको व्यास क्षेत्रमा नेपालको भूगोल भएर आवतजावत गर्ने बाटो नभएकाले भारतीय बाटोकै प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । यस क्षेत्रमा जाने नेपाली स्थानीयहरूले भारतीय सुरक्षाकर्मीहरुबाट यस्ता व्यवहार बेलाबेला खेप्दै आएका छन्।

नेपालीमाथि बारम्बार भारतीय पक्षले ज्यादती गर्दा पनि नेपाल सरकार भने मुकदर्शक बन्ने गरेको छ । भारतीय अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटेर नक्सा जारी गरेपछि भारतीय पक्षले पछिल्लो समय सीमा क्षेत्रमा जाँच तथा आवतजावतमा कडाइ गर्नुका साथै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाएको स्थानीय बताउँछन्।

Couple
Loading...