कैलालीका ४ जनप्रतिनिधि सहित गोदावरी नगरपालिकाका प्रबक्ता भट्टको पदजाने

धनगढी, ७ असार- नेकपा माओवादी केन्द्रले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै कैलालीका ४ जनप्रतिनिधि सहित देशभरका १४ जना लाई पदमुक्त हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय कमिटि बैठकबाट यो निर्णय भएको केन्द्रीय सदस्य सुदन किरातीले जानकारी दिए ।

Dadeldhura hospital

कैलालीमा पदमुक्त हुनेमा कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटा,गौरीगंगा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष भागिरथी विष्ट,गोदावरी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पुरन बिसी रहेका छन् ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी पदमुक्त हुनेमा रौतहटका प्रमुख र उपप्रमुख गरी ७ जना जनप्रतिनिधि, सिराहाका,ओखल्ढंगाका र मोहत्तरीका १/१ जना जनप्रतिनिधि रहेका छन् ।

Loading...