रास्वपाको पाटन नगर कमिटी गठन, सभापतिमा ऐर चयन

सन्तोष पाण्डेय/बैतडी- राष्ट्रिय स्वतन्त्र पार्टीले बैतडी पाटन नगर कमिटी गठन गरेको छ । आज आईतवार एक कार्यक्रम का बिच नगर कमिटी गठन गरिएको हो ।

Navadurga sun

रास्वपाको नगर सभापतिमा इन्जिनियर हेमन्त कुमार ऐर लाई सर्वसम्मत रुपमा चयन गरिएको छ। त्यसैगरी उप – सभापतिमा दिपक ठगुन्ना , सचीवमा भरत सिंह बिष्ट , कोषाध्यक्षमा अम्बिका चन्द , सदस्यहरुमा हरि सिंह महरा , नबराज सिंह रावल ,लिलाधर भट्टराई , दिनेश सिंह रावल , धनी दत्त पन्त , राजेन्द्र सिंह बिष्ट लाई चयन गरिएको छ ।

बिसुद्ध सामाजिक कार्यमा केन्द्रित रहि उद्दार तथा राहत कार्यमा खटिने गरि RAT (Rapid Action Team ) द्रुत कार्य टिम पनि गठन गरिएको छ । यसको सयोजक मा गजेन्द्र बहादुर चन्द र सचिबमा असोक बिस्ट लाई चयम गरिएको हो।

कार्यक्रममा रास्वपाका सुदुर पश्चिम प्रदेश महामन्त्री भोजराज जोशी , बैतडी जिल्ला सयोजक प्रकाश चन्द्र भट्ट लगायत को उपस्थित रहेको थियो ।

रास्वपाको नगर पार्टी कार्यालय पाटन बजारमा खोल्ने र असोज १५ गते भित्र वार्ड भेला गर्ने निर्णय गरिएको छ।

गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनमा मुलुकको चौथो ठुलो राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको थियो।पाटनमा नगर संगठन विस्तारको चरणमा रहेको रास्वपामा दैनिक सदस्य जोडिने क्रम रहेको छ। सुसासन र समृद्धि को लागि देशब्यापी रुपमा संगठन बिस्तार लाई तिब्रता दिने क्रममा आज आइतबार रास्वपा पाटन नगर कमिटी गठन भएको छ ।

ADD Khali jpg
Loading...