सुदूरपश्चिम सितोरियो कराँते संघमा बैज चयन

बैतडी- सुदूरपश्चिम प्रदेशमा सितोरियो कराँते संघ गठन गरिएको छ। संघको प्रथम प्रदेश अधिवेशनबाट अध्यक्षमा कञ्चनपुरका यज्ञराज बैजसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

संघका उपाध्यक्षमा बैतडीका राजबहादुर कार्की, डडेल्धुराका ओमप्रकाश पन्त, कैलालीका उमा महतो, कञ्चनपुरका कृष्णबहादुर चन्द, सचिवमा कैलालीका अमितप्रताप सिंह, सहसचिवमा अछामका चक्रबहादुर रोकाया, कोषाध्यक्षमा कैलालीका बबरजंग शाही चयन भएका छन्।

Navadurga sun
Godawari sandesh

यस्तै सदस्यहरूमा सुमित बम (डडेल्धुरा), महेन्द्र कुँवर (कञ्चनपुर), राजेन्द्रबहादुर विष्ट (दार्चुला), भागरथी खत्री (अछाम), गीता महरा (दार्चुला) र विमला खत्री (कञ्चनपुर) चयन भएका छन्।

कार्यसमितिको कार्यकाल ३ वर्षको हुने नवगठित संघका उपाध्यक्ष राजबहादुर कार्कीले जानकारी दिए।

Couple
Loading...