पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

Dadeldhura hospital

काठमाडौं- पहाडी क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार कास्की, बाग्लुङलगायत गण्डकी प्रदेशका केही ठाउँमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । अन्य पहाडी क्षेत्रमा पनि आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनले बताए ।

Ganyapdhura gau

उनका अनुसार काठमाण्डौमा पनि बेलुकीपख हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । बिस्तारै मौसम खुल्दै गइ घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

Loading...