अत्तरिया खानेपानीको मोबाइल एप सञ्चालनमा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ‘अत्तरिया खानेपानी’ नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ।

उक्त एपमार्फत उपभोक्ताले खानेपानीको खपत, बाँकी रकम, बिल तथा भुक्तानी विवरण, मिटर रिडिङ, भुक्तानी मिति तथा संस्थाका विभिन्न सूचना सहजै प्राप्त गर्न सक्नेछन्।

Navadurga sun

संस्थाका महासचिव धर्म सिंह कुँवरका अनुसार उपभोक्तालाई सहज, छिटो र सुरक्षित सेवा प्रदान गर्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो। एपबाट खानेपानीसम्बन्धी सम्पूर्ण सेवा तथा आवश्यक जानकारी एकै स्थानबाट प्राप्त गर्न सकिने भएकाले सबै उपभोक्तालाई यसको प्रयोग गर्न अनुरोध गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...