पत्रकार ऐश्वर्या कुँवरमाथि भइरहेको पूर्वाग्रही टिप्पणीप्रति दलित पत्रकार संघको आपत्ति

धनगढी- राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशले पत्रकार ऐश्वर्या कुँवरसँग सम्बन्धित विषयमा सत्यतथ्य छानबिन गरी निष्पक्ष निष्कर्ष सार्वजनिक गर्न माग गरेको छ।

Ganyapdhura gau

संघका प्रदेश अध्यक्ष हिमेश विकद्वारा जारी विज्ञप्तिमा पत्रकार कुँवरले अन्तरजातीय विवाहपछि दलित समुदायमा घरजम गर्दै जातीय छुवाछूत र विभेदविरुद्ध निरन्तर कलम चलाउँदै आएको उल्लेख गरिएको छ। विभेदविरुद्ध सक्रिय भूमिका निर्वाह गर्दै आएकी पत्रकारमाथि पूर्वाग्रही ढंगले प्रहार भइरहेको संघको दाबी छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विज्ञप्तिमा वर्षौंदेखि अन्याय र उत्पीडनमा परेका दलित समुदायको पक्षमा आवाज उठाउँदै आएकी कुँवरको संघर्ष र योगदानलाई बेवास्ता गरी विभिन्न आरोप लगाउने काम भइरहेको उल्लेख गरिएको छ।

संघले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै छानबिनबाट दोषी ठहरिए कानुनबमोजिम कारबाही गर्नुपर्ने जनाएको छ। यद्यपि, आरोप पुष्टि नभएको अवस्थामा उनको पारिवारिक पृष्ठभूमि र अन्तरजातीय विवाहलाई आधार बनाएर चरित्रहत्या गर्ने वा पूर्वाग्रही टिप्पणी गर्ने प्रवृत्तिको पनि अध्ययन र समीक्षा गरिनुपर्ने संघको भनाइ छ।

राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेशले पत्रकार कुँवरप्रति हुने कुनै पनि प्रकारको जातीय पूर्वाग्रह र विभेदको विरोध गर्दै सत्यतथ्यका आधारमा निष्कर्षमा पुग्न सम्बन्धित निकाय तथा सरोकारवाला पक्षसँग आग्रह गरेको छ।

Loading...