सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल विशेष अदालतमा उपस्थित

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा आज विशेष अदालतमा उपस्थित गराइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई आज काठमाडौं ल्याइएको हो। विभागले उनको सेयर कारोबार तथा सम्पत्तिको स्रोतबारे अनुसन्धान गरिरहेको जनाएको छ।

Navadurga sun

विशेष अदालतमा हाल म्याद थपका लागि सरकारी पक्ष र पौडेल पक्षका कानुन व्यवसायीहरू बहसको तयारीमा रहेका छन्। पौडेल पक्षका वकिलहरूले पक्राउ प्रक्रियामाथि नै प्रश्न उठाउँदै यसलाई गैरकानुनी रहेको दाबी गरेका छन्।

यसअघि विभागको टोलीले अनुसन्धानका क्रममा पौडेलको निवासमा समेत खानतलासी गरेको थियो। अदालतबाट म्याद थप भएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने जनाइएको छ।

अनुसन्धान जारी रहेकाले यस विषयमा अदालतको निर्णय र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...