ईमानदार मन्त्री चोखालको स्मृतिमा दराज नेपाली कांग्रेसलाई हस्तान्तरण गर्दै

अत्तरिया– नेपाली कांग्रेस कैलालीबाट पटकपटक चुनाव जित्दै कानुन, न्याय तथा संसदिय ब्यवस्था मन्त्री रहनुभएका, बौद्धिक एवं ईमानदार नेता स्वर्गीय टेकबहादुर चोखाल को स्मृतिमा नाम लेखन गर्ने गरि दराज हस्तान्तरण गरिएको छ।

Dadeldhura hospital

कानुनका ज्ञाता ईमानदार नेता चोखालको तस्बिर राखेर दराज बुझ्दै कैलाली हरिप्रीया प्रकाश फाउन्डेसनलाई धन्यवाद दिदै कोरोना घटेपछि पुर्ब मन्त्री चोखालको स्मृतिमा पार्टीसंग सहकार्यमा विभिन्न कार्यक्रम गरिने तय भएको छ । सो दराजको साचो बुझ्दै जिल्ला सभापति नरनारायण शाहले स्वर्गीय चोखालको सकारात्मक गुण र योगदानको चर्चा हुनु आवश्यक रहेको बताउदै १४औ अधिवेशनको तयारीमा लाग्दै कैलाली जिल्लामा सहमति वा स्वच्छ, हार्दिक प्रतिस्पर्धामा ओर्लिन जिल्लाका सबै नेताकार्यकर्तालाई अनुरोध गर्नुभयो । वहाँले पार्टीको बिपत्त ब्यवस्थापन एवं उद्दार कोष समेत स्थापना भएको जानकारी दिनुभयो ।

Navadurga sun
Godawari sandesh

नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीद्वारा पार्टीलाई हरेक कार्यक्रममा मास्क, सेनेटाईजर,झण्डा आदि सह्योग गर्दै आईरहेको बेला अधिबेशनको चटारोमा माग बमोजिमको नयाँ दराज हस्तान्तरण गरिएकोमा जिल्ला उपसभापति प्रकाश बमले धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला सचिब पुर्ण कुवर, सचिब दिपक जोशी, कलेशु चौधरी, शेरबहादुर देउवा, नृपबहादुर सुनार, नवराज रावल, क्षेत्रीय सभापति दिनेश जोशी सहित जिकासको नेताहरुले कार्यसमितिको बैठकमै दराज बुझ्दै सबैले नेता चोखालको सम्झनामा वहाँ अभाव खटकिएको अनुभव गरेको युवानेता भोजबहादुर बमले बताएका छन् ।

Loading...