बाढीपहिरो पिडित परिवारलाई २५० थान झुल बितरण





अत्तरिया, ६ असार- चुरे गाउँपालिकाका बाढीपहिरो पिडितलाई २५० थान झुल र बिभिन्न रोगका औषधी बितरण गरिएको छ । निबर्तमान उद्योगमन्त्री लेखराज भट्टको सहयोगमा हाम्रो सहयात्रा अभियानले उक्त सामाग्री उक्त ठाउँमा पुर्याएको हो ।


उनिहरुलाई निबर्तमान मन्त्री भट्टका स्वकिय सचिब हितेश ओझाले हस्तान्तरण गरेका हुन । गत साउन १७ गते घरछेउमा पहिरो गएपछि विस्थापित परिवारको अझै पुर्नस्थापना हुन सकेको छैन । अहिले उनिहरु कैलालीको गौरीगंगा नगरपालीकामा रहेको पशुपती सामुदायिक वनमा बस्दै आएका छन ।



