दार्चुलामा खोलामा हाम फालेर एक महिला बेपत्ता

दार्चुला- दार्चुलामा एक महिला खोलामा हाम फालेर बेपत्ता भएकी छन् । जिल्लाको नौगाड गाउँपालिका–६ धुलिगडा खेडाकी अन्दाजी ५० वर्षीया अनुफा चुनारा नौगाड खोलामा हाम फाली बेपत्ता भएकी हुन्। मङ्गलवार राति ११ बजेतिर चुनाराले खोलामा हाम फालेको स्थानीय मनिषा धामीले जानकारी दिए।

अनुफा र उनका श्रीमान हरिलाल चुनारा भारतको हल्द्वानी बस्दै आएकोमा भदौ १० गते भेटघाटका लागि नौगाडस्थित दाइ बलदेव चुनाराको घरमा आएका थिए। बेपत्ता चुनाराको खोजीमा प्रहरी चौकी होपरिगाड र स्थानीयहरु जुटेका छन्।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...