


दार्चुला- मालिकार्जुन गाउँपालिका–७ मा वृद्वा मृत फेला परेकी छन् । मालिकार्जुन गाउँपालिका-७ टोपाली टोलकी ८० वर्षीया भागरथी चन्द मृत फेला परेको प्रहरीले जनाएको छ ।



प्रहरि निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार उनको मृत्युको कारण खुलेको छैन । अहिले मृतकको घरमा प्रहरी चौकी जोलजीवी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको छ ।


मृत अवस्थामा फेला परेकी महिला एकल रहेकोले घटनाको छानबिनपछि वास्तविकता बाहिर ल्याउने प्रहरीले बताएको छ । स्थानीयले उनको हत्या भएको हुन सक्ने आंशका गरेका छन । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारीमा प्रहरी जुटेको छ ।





