बैतडी – बैतडी घर भएका एक जनाको करेन्ट लागेर बुटवलमा मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका २ कट्नोलीका ४३ वर्षीय हरिश चन्दको करेन्ट लागेर मृत्यु भएको हो ।




एक निर्माण कम्पनीमा विद्युतको काम गर्दै आएका चन्दको विद्युतकै काम गर्ने सिलसिलामा करेन्ट लागेर बिहीबार मृत्यु भएको स्थानीय समेत रहेका राप्रपाका जिल्ला उपाध्यक्ष देवबहादुर चन्दले बताए ।


गौरा पर्वको समयमा चन्दको निधन भएपछि अहिले पुरै गाउँ शोकमा डुबेको छ । मृतक चन्दको घरमा श्रीमती, तीन छोरी र एक छोरा रहेका छन् । मृतक चन्दको वासुलिंग आर्यघाटमा आज मात्रै दाहसंस्कार गरिएको छ ।




