बैतडीको पञ्चेश्वरमा पहिरोबाट ७ परिवार विस्थापित

Dadeldhura hospital

बैतडी, ५ असार- लगातारको वर्षाका कारण बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं. २ को गैरटोलमा पहिरो खस्दा ७ परिवार विस्थापित भएका बताईएको छ ।

शनिबार बिहान पहिरो खस्दा स्थानीय कृष्णराम औजीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको वडा अध्यक्ष दशरथ मंगोलाले जानकारी दिए । बस्तीमाथिबाटै पहिरो खसेपछि जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका उनले बताए ।

Loading...