कैलालीका व्यापारी दैलेखमा मृत फेला

दैलेख-  दैलेखमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भगवतीमाई गाउँपालिका-१ स्थित भेरीखोलामा ती व्यक्तिको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक कमलप्रसाद आचार्यले बताए। कैलालीको बर्दगोरिया गाउँपालिका- ४ घर भएका अन्दाजी ३१ वर्षीय वीरबहादुर कामी मृत अवस्थामा फेला परेका हुन्।

Dadeldhura hospital

उनी गाउँ(गाउँमा घुम्दै जडिबुटीको व्यापार गर्ने व्यापारी रहेको प्रहरी निरीक्षक आचार्यले बताए। ‘परिवार र आफन्तजनका अनुसार ती पुरुष साउन २९ गतेदेखि सम्पर्कविहीन रहेको पाइएको छ, आज बिहान मृत अवस्थामा फेला परेका हुन्,’ प्रहरी निरीक्षक आचार्यले भने। उनी बाजुराबाट कैलालीमा बस्ती सरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Navadurga sun
Godawari sandesh

स्थानीय र मृतकका आफन्तले सूचना दिएपछि थप अनुसन्धानका लागि दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल र प्रहरी निरीक्षक कृष्ण डाँगीको टोली घटनास्थलमा पुगेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading...