तेस्रो लहरको कोरोना फैलिन नदिन पूर्व तयारीमा जुटिसक्यौँ : मन्त्री जोशी

अत्तरिया– सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले कोरोना भाइरसको तेस्रो लहर फैलिन नदिन सरकार पूर्व तयारीमा जुटिसकेको बताएकी छन् । शुक्रबार कैलालीसँग जोडिएको गौरीफन्टा नाकाको स्थलगत अनुगमन गर्दैै प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री जोशीले स्थानीय तह र प्रदेश सरकार मिलेर कोरोना महामारी नियन्त्रणका योजना बनाउन थालेको बताईन् ।

स्थानीय तह र प्रदेश सरकार मिलेर यात्रु, सुरक्षाकर्मीका निमित्त पनि आवश्यक संरचना बनाएर गौरीफन्टा नाकालाई व्यवस्थित बनाउने उनको भनाई छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

अनुगनकै क्रममा प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खड्काले पनि कोरोना भाइरसको तेस्रो लहर फैलिने कुराहरु आइरहेकाले रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर बनेको बताए । तेस्रो लहरको संक्रमण फैलिन नदिन भारतसँग जोडिएका गौरीफन्टा, गड्डाचौकी, दार्चुला र बैतडी जिल्लाका सबै नाकालाई व्यवस्थीत गर्ने बताए ।नाकाबाट आउने सबै मानिसको चेकजाँच गरेर सुरक्षित साथ घरसम्म पुगाउने काम गर्ने दाबी गरे।

प्रदेशका मन्त्रीहरुसँगै सीमा नाकामा पुगेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले नाकालाई व्यवस्थित गर्ने विषयमा प्रदेश सरकारलाई पटक पटक अनुरोध गर्दै आईरहेको बताए ।प्रदेश सरकारले विगतमा खासै चासो नदेखिएपनि अहिले मुख्यमन्त्री र मन्त्रीहरुसँग नाका व्यवस्थापनका सन्दर्भमा एकखालको समझदारी बनेकाले व्यवस्थित बनाउन आवश्यक कामको थालनी गरिने बताए ।

गौरीफन्टा नाकाको स्थलगत अनुगमनमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी ,धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओड, पुर्नवास नगरपालिकाका मेयर जीवन थापा लगायतकाले नाकाको अनुगमन गरेका हुन् ।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा, कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतका सुरक्षा निकायका प्रमुखको पनि अनुगमनमा सहभागि रहेको थियो ।

Loading...