जुवातास खेलिरहेका २० जना पक्राउ

काठमाडौं- काठमाडौं महानगरपालिका-१७ ढल्कुस्थित ईन्द्रायणी वर्कशपमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा शनिबार दिउँसो प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३५ हजार ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो।

Ganyapdhura gau
Dadhaldhura pur

यता तनहुँको आबुखैरेनी गाउँपालिका-३ पानीघट्टा बस्ने ४० वर्षीय प्रकाश बगालेको घरमा जुवातास खेलिरहेको अवस्थामा बगालेसमेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

Navadurga sun

ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ३ सय १० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...