कैलालीमा १० बर्षीया छोरीको बलात्कारपछि हत्या, बुबा पक्राउ

अत्तरिया, २ असार– कैलालीमा १० बर्षीया छोरीको बलात्कारपछि हत्या गरेको आरोपमा ५१ बर्षीय पुरुष पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका-२ की १० बर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ बर्षीय बुवा पक्राउ परेका हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

‘जेठ २७ गते दिउँसो घरमै मृत फेला परेकी ती बालिकाको दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट शव बरामद गरेको थियो,’ उनले भने, ‘सेती प्रादेशिक अस्पतालमा शव पोष्टमार्टमका लागि पठाएको र घटना शंकास्पद देखिएकोले विभिन्न व्यक्तीहरूसँग सोधपुछ तथा अनुसन्धान गर्ने क्रममा उनकै बुवाले बलात्कारपछि हत्या गरेको खुलेको छ ।’

Navadurga sun
Godawari sandesh

प्रहरी नायब उपरीक्षक विष्टकाअनुसार मृतक बालिकाका ५१ बर्षीय बुवाले २७ गते दिउँसो आफ्नै भैँसी गोठमा लगेर जबरजस्ती करणी गरेको र घटना बाहिरिने डरले भैसी गोठमा नै झुण्डाएर हत्या गरेको खुलेको छ । मृतकका बुवालाई पक्राउ गरि कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Couple
Loading...